झापामा आज ९० संक्रमित थपिए दुई जनाको मृत्यु

भद्रपुर ८ मंसिर । झापामा आज दुइ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । भद्रपुर नगरपालिका ८ निवासी ७३ वर्षिय पुरुष १, मेचीनगरपालिका ४ निवासी ८२ बर्षिय महिलाकोे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोना बाट ज्यान गुमाउनेको संख्या ९६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी आज झापामा ३८ महिलासहित ९० जना संक्रमित थपिएका छन । जसमा दमकमा ४९ जना, बिर्तामोडमा ३ जना, मेचीनगरमा ८, भद्रपुरमा ७ जना, कनकाइमा ८ जना, हल्दिबारमिा १ जना, अर्जुनधारामा ४ जना, बुद्धशान्तिमा १ जना, कमलमा २ जना, शिवसताक्षीमा २ जना, झापागापामा २जना र अन्य १ जना थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ३६१ पुगेको छ ।