आज झापामा थपिए ४९ संक्रमित तीनको मृत्यु
भद्रपुर ७ मंसिर । झापामा आज तीन जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । कनकाइ नगरपालिका ३ निवासी ७३ वर्षिय पुरुष १, मेचीनगरपालिका ४ निवासी ४५ बर्षिय पसरुष १ र भद्रपुर नगरपालिका ४की बर्षीया महिला एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोना बाट ज्यान गुमाउनेको संख्या ९४ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी आज झापामा १६ महिलासहित ४९ जना संक्रमित थपिएका छन । जसमा दमकमा ११ जना, बिर्तामोडमा ३ जना, मेचीनगरमा ४, भद्रपुरमा ९जना, कनकाइमा १ जना, अर्जुनधारामा ४ जना, गौरीगन्जमा १ जना, कमलमा ७ जना, शिवसताक्षीमा ६ जना र बाह्रदशीमा १ जना थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार २७१ पुगेको छ ।