पहिलो पटक भद्रपुर स्थित मेची किनार सुनसान
भद्रपुर, ५ मंसिर । प्रदेश १ को सर्वाधिक ठूलो घाट मानिएको भद्रपुर स्थित मेची किनारमा पहिलो पटक छठ पूजाको मण्डपविहिन नदी किनार बनेको छ ।
कोभिड १९ संक्रमणको जोखिमलाई ख्याल गर्दै भद्रपुर नगर सरकारले नदीनाला किनारमा सार्वजनिक छठ पूजा मण्डप निर्माण नगर्ने घोषणा गरेसंगै पाँच दशकयता पहिलो पटक मेची नदी किनारमा छठ मण्डपविहिन भएको हो ।
हरेक वर्ष भद्रपुर नगरपालिका संरक्षक रहने र मैथिली समाज आयोजक बनेर करिव ३ किलोमिटर क्षेत्रमा हजारौं पूजा मण्डप निर्माण हुने मेची नदी छठ पूजाका लागि प्रदेश २ को जनकपुरपछिको दाश्रो ठूलो पूजा स्थलको पहिचान बन्ने गरेको थियो ।
छठ पर्व मनाउने अधिकाम्सले घरमै पूजा गरी नुहाउनका लागि मात्र नदीलाई रोजेका छन् भने नेपाल भारत दुवै देशका भक्तजनको भीड लाग्ने भद्रपुर स्थित मेची नदी सुनसा नबनेको छ ।