पत्रकार झगेन्द्र खड्कालाई पितृ शोक

गौरीगंज । पत्रकार झगेन्द्र खड्कालाई पितृ शोक परेको छ । उनका बुबा ८१ वर्षिय टेकबहादुर खड्काको आज दिउसो ३.१५ बजे गौरादह नगरपालिका वार्ड नं. २ दहलु वस्ति स्थित निजी निवासमा निधन भएको छ ।

निमोनिय रोगबाट थला परेका स्व. खड्कालाई परिवारले ३ दिन अघि दमकस्थित आम्दा अस्पताल र लाईफ लाईन अस्पतालमा उपचार गराएका थिए । उनका एक श्रीमति, झगेन्द्र खड्कासहित चार छोरा बुहारी र दुई छोरी छन् ।