दोश्रोे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा

एजेन्सी

नेपाल र बंगलादेशवीच आज भएको दोश्रोे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल, बराबरीमा रोकिएको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा गोलरहित बराबरीमा रोकिएको हो योसँगै मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिजको उपाधि बंगलादेशले जितेको छ ।

यसअछि खेलको २३औं मिनेटमा घरेलु टोली बंगलादेश अग्रता लिनबाट चुकेको थियो । पेनाल्टी क्षेत्र नजिकैबाट बंगलादेशका स्ट्राइकर सुमोन रेजाले गरेको सशक्त प्रहार क्रसरबार नजिकैबाट बाहिरिएको थियो ।

त्यस्तै २८औं मिनेटमा बंगलादेशको सशक्त प्रहार डिफेन्डर अनन्त तामाङले क्लियर गरिदिएका थिए । ३१औं मिनेटमा बंगलादेशले पुनः खेलमा अग्रता लिने अवसर गुमायो । बंगलादेशका स्ट्राइकर मोहम्मद नाबिदको पासमा अर्का स्ट्राइकर रेजाले पोस्ट नजिकैबाट गरेको प्रहार नेपाली गोलरक्षक किरण चेम्जोङले बचाउँदा बंगलादेश अग्रता लिनबाट चुक्यो त्यस्तै ३३औं मिनेटमा नेपालले अवसर गुमायो । ३३औं मिनेटमा पाएको कर्नर प्रहारमा डिफेन्डर अनन्त तामाङको हेडिङ प्रहार बाहिरिएपछि नेपालले खेलमा अग्रता लिनबाट चुकेको थियो । दोस्रो हाफमा पनि दुवै टोलीले केही अवसर सिर्जना गरेको थियो । तर, दुवै टोली गोल गर्नबाट चुके ।

५१औं मिनेटमा विश्वनाथ घोषको प्रहार दिशा लिन सकेन । ६०औं मिनेटमा बंगलादेशका कप्तान जमल भुयानको प्रहार गोलरक्षक किरणले क्लियर गरे । ६९औं मिनेटमा नेपालका लागि अन्जन विष्टले गरेको पहार बंगलादेशका गोलरक्षक अस्रफुल इस्लाम रानाले सहजै बचाए । खेलको इन्जुरी समयमा स्ट्राइकर नवयुग श्रेष्ठको प्रहार पोलमा लागेर फर्किएको थियो । रेजित धिमालको पासमा नवयुगले गरेको हेडर प्रहार गोलपोस्टको पोलमा लाग्दै फर्किदा नेपाल खेलका जित निकाल्नबाट चुकेको थियो ।