झापामा आज थपिए १४ संक्रमित एकको मृत्यु

भद्रपुर २ मंसिर । झापामा आज एकजनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका ७ बस्ने ७० वर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोना बाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । उनको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनको शवलाई नेपाली सेनाद्वारा अन्त्येष्टि गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखामा मुकुन्द बस्नेतले जानकारी दिए ।

यता आज झापामा १४ जना संक्रमित थपिएका छनु । त्यसमा पाँच महिला र नौ पुरुष रहेका छन् । दमकमा ८, मेचीनगर १ र गौरदाहमा ५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ६४ पुगेको छ ।