ट्रम्पले हार स्वीकार गरेका छैनन्
एजेन्सी
अमेरिकामा डेमोक्र्याटिक पार्टीका दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र माथिल्लो सदन सिनेटका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई वास्तविकता स्वीकार गर्न आग्रह गरेका छन् ।
उनीहरुले कोरोनाभाइरसका कारण उत्पन्न सङ्कटसँग जुझ्ने विषयमा सहयोग गर्न पनि भनेका छन् । अमेरिकी निर्वाचन पछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र मृत्यु हुनेहरूको सङ्ख्या लगायतका विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन् ।
अमेरिकामा लगातार आठ दिनसम्म कोरोनाभाइरस सङ्क्रमणका नयाँ घटना दैनिक एक लाख भन्दा बढीले थपिएको विषयलाई पनि उनले उठाइन्। उनलेले राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई बेवास्ता गर्दै चुनावमा नचाहिँदो रूपमा विवाद गरेको आरोप पनि लगाएकी छन्। अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको भए पनि डोनाल्ड ट्रम्पले हालसम्म हार स्वीकार गरेका छैनन् ।