नेपालमा आज थपिए एक हजार ९१३ जना संक्रमित
काठमाडौँ २७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या दुई लाख ४ हजार २४२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ९७४ रहेको छ । अहिलेसम्म नेपालमा १५ लाख ८४ हजार ३१७ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई हजार ३४९ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या एक हजार १८९ पुगेको छ ।