झापामा आज थपिए ८५ जना संक्रमित
भद्रपुर २६ कात्तिक । झापाका १५ स्थानीय तहमध्ये १३ वटा स्थानीय तहमा आज ८५ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कायालय झापाले जनाएको छ । जसमध्ये सवैभन्दा बढी दमक नगरपालिकामा १८ महिला र १९ पुरुष रहेकाछन् । यसैगरी बिर्तामोड नगरपालिकामा ७ महिला ६ पुरुष, गौरादह नगरपालिकामा १ पुरुष,मेची नगरपालिकामा २ महिला २ पुरुष, भद्रपुर नगरपालिकामा ८ महिला र २ पुरुष, कनकाइ नगरपालिकामा २ महिला २ पुरुष, हल्दिबारी गाउँपालिकामा १ महिला, अर्जुनधारा नगरपालिकामा २ पुरुष, बुद्घशान्ति गाउँपालिकामा १ पुरुष, कचनकवल गाउँपालिकामा १ पुरुष, कमल गाउँपालिकामा ३ महिला र ३ पुरुष, शिवसताक्षी नगरपालिकामा १ पुरुष, झापा गाउँपालिकामा१ महिला र अन्यमा १ महिला र २ पुरुष रहेका सो कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार झापामा सक्रिय संक्रमितको संख्या १०३६ जना रहेका र आजसम्ममा ७० जनाले कोरोना संक्रमण बाट ज्यान गुमाएका छन् ।