मेची नगरपालिकामा खेमराज ओझा

भद्रपुर २५ कात्तिक। झापाका पूर्व स्थानीय विकास अधिकारी खेमराज ओझा मेची नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको पदमा नियुक्त भएका छन् । छोटोसमय रतुवामाई नगरपालिकामा प्रशासकिय अधिकृतको कार्यभार सम्हालेका ओझा गौरादह नगरपालिकाबाट सरूवा भई गएका थिए ।

गौरादहमा करिब १० महिना प्रशासकिय अधिकृतको रूपमा कार्यभार सम्हालेका थिए । त्यस अवधिमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा निर्वाचन क्षेत्र, तथा राष्ट्रिय राजनीतिमा दख्खल राख्न सक्ने थुप्रै शक्ति केन्द्रहरुको गृह नगरमा जिम्मेवारी सम्हालेका ओझाले गौरादहको बिग्रिएको छबी सुधार गर्न धेरै हदसम्म सफल भएका थिए । खेम राज ओझा कर्मचारी बृत्तमा झापाको लागि परिचित नाम हो । झापाको लखनपुर निवासी उनले झापा जिल्लामा तत्कालीन स्थानीय बिकास अधिकारीको जिम्मेवारीमा रहेर काम गरिसकेका हुन् । संचारमैत्री स्वभावका कारण ओझा झापाका संचारकर्मीवीच लोकप्रिय रहदैं आएकाछन् ।