नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति नेपालको कोरोना संक्रमणबाट मृत्यु

हल्दिबारी , कात्तिक २५ । नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

हल्दिबारी ४ निवासी ७० वर्षिय नेपालको उपचारका क्रममा गएराति ११।४५ बिराटनगर नोबेल अस्पतालमा मृत्यु भएको हो । उनलाई कात्तिक १२ गते मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई उपचारका लागि विराटनगर लगिएको हल्दिबारी गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख पुष्कर निरौलाले बताए । कोरोना संक्रमणबाट हल्दिबारमिा पहिलोपटक मुत्यु भएको हो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ६९ पुगेको छ ।