३ लाख २० हजारको अवैध पटका बरामद

भद्रपुर, २५ कार्तिक । झापाको भद्रपुर ८ बाट नेपाल प्रहरीले ३ लाख २० हजार बराबरको अवैध पटका वरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सो मुल्य बराबरको विभिन्न प्रकारका पटका भारतबाट अवैध रुपमा ओसारपसार गर्ने क्रममा भद्रपुर ८ बाट वरामद गरी आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखेको जनाएको छ ।