डोनाल्ड ट्रम्पलाई अर्को दस्खद समाचार
एजेन्सी
अमेरिकी राष्ट्रपति पदको चुनाव हारेपछि डोनाल्ड ट्रम्पलाई अर्को दस्खद समाचार आएको छ । राजनीतिक करियरमा ठूलो झट्का भोगेको केही घण्टापछि नै उनको परिवारिक जीवन पनि संकटमा परेको खबर आएको हो । बेलायतको चर्चित पत्रिका डेली मेलका अनुसार ट्रम्पकी पत्नि संयुक्त राज्य अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्पसँग सम्बन्धविच्छेदका लागि पति ह्वाइट हाउसबाट निस्किने दिनको प्रतीक्षामा छिन् ।
ट्रम्पकी सलाहकारका रुपमा नियुक्त भएकी स्टेफनी वोल्कोफका अनुसार यी दम्पती व्हाइट हाउसमा पनि अलग अलग बेड रुममा सुत्थे । बिहे त उनीहरुका लागि एक सम्झौता मात्रै थियो । एक अन्य पूर्व सहयोगी ओमारोजा म्यानिगोल्ट न्युम्यानका अनुसार यी जोडीको १५ वर्ष पुरानो वैवाहिक सम्बन्ध अब करिब करिब समाप्त भएको छ । “मेलानिया अहिले बितिरहेका हरेक मिनेट गनेर ट्रम्प कार्यालय बाहिर निस्किएपछि डिभोर्स दिने प्रतीक्षामा छिन्,” उनले भनेका छन् । सन् २०१६ मा डोनाल्ड ट्रम्पले निर्वाचन जित्दा मेलानिया रोएकी थिइन् , किनकि उनलाई पतिले जित्नेमा विश्वास नै थिएन ।
तर ५० वर्षीया मेलानियाले आफ्ना ७४ वर्षीय पतिसँगको सम्बन्ध सधैँ राम्रो रहेको बताइरहिन् । तर पनि कयौँ यस्ता घटना भए जसले गर्दा यी दुईबीचको सम्बन्ध कहिल्यै सुमधुर हुन सकेन
यसअघि डोनाल्ड ट्रम्पले आफ्नी दोस्री पत्नी मार्ला मेपल्ससँग कुनै किताब प्रकाशित नगर्ने र अन्तर्वार्ता पनि दिन नपाउने गरी सम्झौता भएको थियो । यता मेलानियाको मौनतालाई हेर्दा उनीसँग पनि त्यस्तै सम्झौता भएको हुन सक्ने समाचारमा जनाइएको छ ।