झापामा आज ७६ संक्रमित ३ को मृत्यु

भद्रपुर २३ कात्तिक । झापामा कोरोना संक्रमणका कारण आज ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा, भद्रपुर र दमकका रहेको जनाइएको छ । योसँगै हालसम्म झापामा ज्यान गुमाउनेको संख्या ६४ पुगेको जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार, झापामा आज ७६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । जसमा २८ महिला र ४८ पुरुष रहेका छन ।

आज थपिएका संक्रमितहरु सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितहरुमा दममका १३, बिर्तामोडका ७, मेचीनगरका ३, अर्जुनधाराका १, कन्काइका ३, गौरादहका १५, कचनकवलका १, कामलमा १५, शिवसताक्षीका ३, गौरीगञ्जका २ र अन्य

(पलिकाको नाम नखुलेको) १६ गरि ७६ जना रहेको स्वास्थ्य कार्यालय झापाका फेकल पर्सन जीवन चौलागाईंले बताए । उनका अनुसार, हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ५८९ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ५८८ पुगेको छ । हाल झापामा ९३७ जना सक्रिय संक्रमित रहेका छन् ।