दुई हजार ७५३ जनामा कोरोना भाइरस सङ्क्रमण

काठमाडौं २२ कात्तिक । बितेको २४ घण्टामा नेपालमा दुई हजार ७५३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

आज मन्त्रालयले दिएको तथ्याङ्कसहित अब नेपालमा कोरोना भाइरस सङ्क्रमितको कुल सङ्ख्या एक लाख ९१ हजार ६३६ पुगेको छ।

गत २४ घण्टामा कोभिड–१९ का कारण १७ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कुल सङ्ख्या अब एक हजार ८७ पुगेको छ।

यसरी नै कोरोना भाइरस सङ्क्रमण मुक्त हुने कुल सङ्ख्या एक लाख ५५ हजार ११४ पुगेको छ। अब नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ हजार ४३५ रहेको मन्त्रालयले जारी गरेको तथ्याङ्कमा उल्लेख छ।