झापामा आज ७२ जनामा कोरोना संक्रमण पुष्टि
भद्रपुर २१ कात्तिक । झापामा आज ६ स्वास्थ्य कर्मीसहित ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौंलागाइकले बताए अनुसार, झापाका स्थानीय तहको समुदायस्तरमा संक्रमण ब्यापक रुपमा फैलिदैं गएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि भएका १० स्थानीय तहमध्ये, बिर्तामोड नगरपालिकामा १४ महिला ५ पुरुष, भद्रपुर नगरपालिकामा ३ महिला ८ पुरुष, गौरादह नगरपालिकामा १ महिला, मेचीनगर नगरपालिकामा १ महिला २ पुरुष, अर्जुनधारा नगरपालिकामा २ महिला ३ पुरुष, दमक नगरपालिकामा ११ महिला १२ पुरुष, कनकाइ नगरपालिकामा ३ पुरुष, हल्दिबारी गाउँपालिकामा २ पुरुष, कमल गाउँपालिकामा १ पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिला २ पुरुष र अन्यमा१ पुरुष रहेकाछन् । आजसम्ममा झापामा कोरोना संक्रमण बाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको र सक्रिय संक्रमितको संख्या ९५४ रहेको सो कार्यालयले जनाएको छ ।