झापामा ६६ जना कोरोना संक्रमित
झापा, कात्तिक १८ । झापामा पछिल्लो २४ घण्टाभित्र ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
थपिएकामध्ये २८ जना महिला र ३८ जना पुरुष छन् । सबैभन्दा बढी दमक नगरपालिकामा ३० जना थपिए भने बिर्तामोडमा १२ जना संक्रमित थपिएका छन् । दमकमा १४ महिला र १६ पुरुष गरी ३० जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । उनीहरु सबै स्थानीय बासिन्दा हुन् भने एक जना स्वास्थ्यकर्मी भएको जनाइएको छ ।
यस्तै बिर्तामोड नगरपालिकामा ४ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ जना नगर प्रहरी रहेका छन् । तीन पुरुष र एक महिला नगर प्रहरीलाई संक्रमण पुष्टि भएको नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए । भद्रपुर नगरपालिकामा २ महिला ५ पुरुष, गौरादहमा २ महिला र ३ पुरुष, गौरीगञ्जमा २ महिला र २ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यसैगरी, मेचीनगरमा २ महिला र १ पुरुष, कमल गाउँपालिकामा १ महिला र १ पुरुष, कनकाई र अर्जुनधारा नगरपालिकामा १— १ जना पुरुष र बुद्धशान्ति गाउँपालिकामा १ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या २२२० पुगेको छ । त्यसमध्ये १३५४ जना निको भएका छन् ।