देउवाले रामचन्द्रसहितका नेताहरूलाई छलफलमा बोलाए

काठमाण्डौं । पौडेल पक्षका २७ केन्द्रीय सदस्यले गत असोज १२ गते देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा विरोध पत्र दर्ता गरेका थिए । सोही बिषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसहित नेताहरूलाई छलफलमा डाकेका छन् ।

उक्त विरोध पत्रका बिषयमा छलफल गर्न कात्तिक १७ गते शीर्ष नेताबीच बैठक बस्न लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । केन्द्रीय समिति बैठक बस्नुअघि वरिष्ठ नेतासहित पदाधिकारीलगायतको बैठक बस्न लागेको हो । छलफलमा पदाधिकारीलाई पनि बोलाइएको छ ।

असोज १२ गते देउवाको कार्यशैलीविरूद्ध केन्द्रीय कार्यालयमा बुझाइएको विरोध पत्रमा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ, रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंको हस्ताक्षर रहेको छ ।