पूर्णसरी ताजपुरीयाको मृत्यु
झापा १५ कात्तिक । गुडिरहेको मोटरसाइकलबाट अचानक खसेर घाईते भएकी झापा, गौरीगञ्ज गाउँपालिका ५ की ६५ वर्षीया पूर्णसरी ताजपुरियाको उपचारको क्रममा मृत्युभएको छ ।
मोरङको रतुवामाई नगरपालिका–५ लारिकट्टाको भित्री सडकखण्डमा विहिबार को. ३७ प। २२३२ नम्बरको मोटरसाइकलमा सवार ताजपुरिया अचानक खसेकी उनको सोहि दिननै विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्युभएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालक मोरङ रतुवामाई–५ का २४ वर्षीय धर्मानन्द ताजपुरियालाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाएको जनाएको छ ।