नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष सापकोटालाई कोरोना पुष्टि

भद्रपुर १४ कार्तिक । नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालको मातहतमा रहेको कनकाई प्रयोगशाला कोटीहोममा विहीबार पीसीआरका लागि स्वाव दिएका सापकोटाको रिपोर्ट आज पोजेटिभ आएको हो ।

केही दिनयता ज्वरो आउने, जिउ दुख्ने, टाउको दुख्ने लगायतका लक्षण देखिएपछि सापकोटाले पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । भद्रपुरस्थित आफ्नै घरमा होम आइसोलेसनमा रहेका सापकोटाको अवस्था सामान्य रहेको छ । यसअघि हिजो विहिबार विर्तामोडकै पत्रकार गणेशमान मुखियालाई पनि संक्रमण देखिएको थियो ।

हालसम्म प्रदेश नं–१ मा ७० जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको नेपाल पत्रकार महासंघ प्रदेश नं.–१ का अध्यक्ष विक्रम लुईँटेलले जनाएका छन् । ती मध्ये सबैभन्दा बढी मोरङका पत्रकारमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।