झापामा आज स्संक्रमित ३४ जना, मृत्यु तीन

भद्रपुर १४ कात्तिक । झापामा आज ३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आठ स्थनीय तहका १३ महिला र २१ पुरुषमा संक्रमणको पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, दमक नगरपालिकाका १ पुरुष, बिर्तामोड नगरपालिकाका ३ महिला र ६ पुरुष, गौरादह नगरपालिकाका २ महिला १ पुरुष, भद्रपुर नगरपालिकाका २ महिला ३ पुरुष, कनकाइ नगरपालिकाका २ महिला ५ पुरुष, हल्दिबारी गाउँपालिकाका १ महिला १ पुरुष, अर्जुनधारा नगरपालिकाका १ पुरुष र अन्यमा २ महिला र ३ पुरुष रहेका छन् ।

यसैगरी स्वास्थ्य कार्यालयले जनाए अनुसार आज झापामा शिवसताक्षी नगरपालिकाका ४८ बर्षिय पुरुष एक, दमक नगरपालिकाका ४३ बर्षिय पुरुष एक र गौरादहका ८६ बर्षिय पुरुष एक गरी ३ जनाको मृत्यु भएको छ । योसंगै झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।