नेपालमा थपिए आज दुई हजार ८५६ जना कोरोना संक्रमित

काठमाडौँ ९ कात्तिक । देशभर पछिल्लो २४ घण्टामा दुई हजार ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा एक हजार ३८९ जना पुरुष तथा एक हजार ६७ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार ५७२ रहेको छ । आजसम्म देशभर तीन हजार ६४ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ८४७ पुगेको छ ।