झापामा आज थपिए १५१ जना संक्रमित
भद्रपुर ९ कात्तिक । झापामा आजसम्मकै सवैभन्दा बढी १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा एक सशस्त्र प्रहरीबलका एक जना ५५ महिला र ९६ जना पुरुष रहेकाछन् ।
पालिका अनुसार भद्रपुरमा एक महिला र एक पुरुष गरी २ जना, विर्तामोडमा २० महिला र २२ पुरुष गरी ४२ जना, कनकाईमा २ महिला र २ पुरुष गरी ४ जना, शिवसताक्षीमा २ पुरुष, हल्दिवारीमा ३ पुरुष, मेचीनगरमा एक महिला र ६ पुरुष गरी ७ जना, कमलमा ३ महिला र २ पुरुष गरी ५ जना, गौरीगञ्जमा ९ पुरुष, गौरादहमा ३ महिला र ८ पुरुष गरी ११ जना, दमकमा २५ महिला र ४१ पुरुष गरी ६६ जना गरी जम्मा एक सय ५१ जना संक्रमित रहेको जनाएको छ ।
स्वास्थ्य कार्यालयले जनाए अनुसार आज ५६ बर्षीया एक महिलाको मृत्यु भएको छ । योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।