झापाका ४१ सहित प्रदेश १ मा आज ४६० जना सङ्क्रमित
भद्रपुर ७ कार्तिक । झापाका ४१ सहित प्रदेश १ मा आज ४६० जना कोरोना सङ्क्रमित थपिएका छन । सामाजिक विकास मन्त्रालयका अनुसार यसरी संक्रमण देखिएकामा मोरङका २६२, सुनसरीका १३१, झापाका ४१, उदयपुरका ११, सङ्खुवासभाका ४, तेह्रथुमका ३, धनकुटा र खोटाङका २–२ र प्रदेश १ बाहिरका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
त्यस्तै, विराटनगरमा १३५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ५४ महिला र ८१ पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ३८, कटहरीमा २३, सुनबर्षीमा २०, बेलबारीमा १३, बुढीगंगामा ७, रंगेलीमा ६, मिक्लाजुङमा ४, जहदामा ३, ग्रामथान, कानेपोखरी, धनपालथान, केराबारी र सुन्दरहरैचामा १–१ र स्थानीय तह नखुलेका ८ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
सुनसरीको इनरुवामा ५८, धरानमा ५६, इटहरीमा ८, गढीमा २, बर्जु, हरिनगर र दुहबीमा १–१ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।