झापामा आज थपिए ६० जना कोरोना संक्रमित

भद्रपुर ६ कात्तिक । झापामा आज २ स्वास्थ्यकर्मीसहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनएको छ । संक्रमित हुनेमा ८ महिला र ५२ पुरुष रहेका छन् । संक्रमित सवै स्थानीय रहेका सो कार्यलयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, १० स्थानीय तहका संक्रमित हुनेमा सवैभन्दा बढी बिर्तामाडे नगरपमलिकाका ३ महिला र १९ पुरुष रहेका छन् । यसैगरी, अर्जुनधारा नगरपालिकामा २ महिला र ८ पुरुष, मेचीनगर नगरपालिकामा १ महिला ८ पुरुष, दमक नगरपालिकाका ७ पुरुष, भद्रपुर नगरपालिकामा ५ पुरुष, कनकाइ नगर पालिकाका १ महिला र १ पुरुष, गौरादह नगरपालिकामा १ महिला १ पुरुष, गौरीगन्व, कमलर बाह्रदशीगाउँपालिकाका एक एक पुरुष रहेकाछन् ।

झापामा कोरोना बाट १८ जनाले ज्यान गुमाएका छन् ।