मेची प्रादेशिक अस्पतालको कोरोना संक्रमितप्रति चरम बेवास्ता
भद्रपुर ५ कात्तिक । मेची प्रादेशिक अस्पतालबाट कोरोना संक्रमित व्यक्तिहरुप्रति देखाइको चरम बेवास्ता र अव्यवस्थापनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको भन्दै, नेपाली कांग्रेस क्षेत्र नं.३ ले, एक बिज्ञप्ति जारी गरी जनाएको छ । भद्रपुर नगरपालिका साविक वडा नं. २ हाल परिवर्तित वडा नं. ५ का पूर्व सभापति लक्ष्मी सिंह राजपुत (नुनिया) को मृत्यु अस्पतालको चर्को लापरवाही र उदाशिनताको एउटा दृष्टान्त हो । कोरोना संक्रमित भई उहाँ उपचारका लागि मेची प्रादेशिक अस्पतालमा भर्ना हुनुभएको थियो । तर विडम्बना, न्यूनतम चिकित्सकीय सेवा सम्म प्राप्त गर्न नसकी मिति २०७७ साल कार्तिक ४ गते उहाँको मृत्युु भएको बिज्ञप्तिमा उल्लेख छ ।
नेपाली कांगे्रस क्षेत्र नं. ३ का सभापति गणेश पोखरेलद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा, लक्ष्मी सिंह राजपुतले चिकित्सकिय रेखदेख प्राप्त गर्न नसक्नु भएको मात्र होइन, उहाँले प्रयोग गर्ने अक्सिजन सक्किदा खाना पुर्याउन खटिएका व्यक्ति र अस्पतालमा भर्ना भएका अन्य संक्रमित व्यक्तिहरुले अक्सिजन परिवर्तन गरिदिनुभएको थियो । उहाँको मृत्यु भएको घण्टौं सम्म पनि अस्पताल बेखवर जस्तो थियो । उहाँको मृत्युको सूचना अस्पतालमा भर्ना भएका अन्य विरामीहरुले गरिदिनुभएको थियो । यस क्षेत्रका सर्वसाधारण विरामीहरुको उपचारको प्रमुख केन्द्रको रुपमा रहनुपर्ने अस्पतालले विरामीप्रति देखाएको यस किसिमको व्यवहार लगायतको अवाच्छित प्रवृत्तिको हामी घोर निन्दा र भत्र्सना गर्दछौं भनिएको छ ।
बिज्ञप्तिमा अगाडि भनिएको छ, कोरोना संक्रमित व्यक्तिहरुको लागि आई.सि.यू.वार्ड, भेन्टिलेटर लगायतका आवश्यक उपकरणको अभाव रहेको अस्पतालमा अविलम्ब यस किसिमका चिकित्सकिय सेवाको व्यवस्था गरी कोभिड तथा नन–कोभिड विरामीहरुलाई प¥याप्त चिकित्सकीय सेवा सुनिश्चित गर्न प्रदेश सरकार, अस्पताल प्रशासन लगायत सम्बन्धित पक्षलाई हामी गम्भीर रुपमा ध्यानाकर्षण गराउँदछौं । अस्पतालमा आउने विरामीको उपचारमा लापरवाही गर्ने प्रवृत्तिमा अविलम्ब सुधार गरी सर्वसाधारण नागरिकको जीवनको मूल्य वोध गर्न समेत तत्तत् निकाय समक्ष खवरदारी गर्दछौं ।