आज नेपालमा थपिए ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित

काठमाडौँ ५ कात्तिक । पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार ९ सय ९६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ भने ४ हजार ६५ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो २४ घण्टामा थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ९१ पुगेको छ ।