झापामा आज थपिए ७१ जना संक्रमित
भद्रपुर ५ कात्तिक । झापामा समुदायमा कोरोना संक्रमण बड्दो क्रम जारी छ । हिजो ६४ जना संक्रमित थिए भने आज ७१ जना संक्रमित भएका प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, झापाको दमकमा नगरपालिकामा २८ जना, विर्तामोड नगरपालिकामा १६ जना , मेचीनगर नगरपालिकामा ५ जना , कचनकवल गाउँपालिकामा मा ४ जना , भद्रपुर नगरपालिकामा ३ जना, गौरादह नगरपालिका, बुद्धशान्ति गाउन्ँपालिका कनकाइ नगरपालिका र कमल गाउँपालिकामा २–२ जना , बा¥हदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।