झापामा आज थपिए ६४ जना संक्रमित ः एकको मृत्यु

भद्रपुर ४ कात्तिक । झापामा समुदायस्तरमा कोरोना संक्रमण फैलिने क्रम ब्यापक हुँदै गएको छ । आज झापाका १० स्थानीय तहमा १ स्वास्थ्यकर्मी सहित ६४ जनामा कोरोना स्ंक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा ३४ महिला र ३० पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यलयका अनुसार, भद्रपुर नगरपालिकामा ६ महिला ३ पुरुष, बितामोड नगरपालिकामा ९ महिला ८ पुरुष, बुद्धशान्ति गाउँपालिकामा १ पुरुष, अर्जुनधारा नगरपालिकामा १ महिला, बाह्रदशी गाउँपालिकामा १ पुरुष, कमल गाउँपालिकामा १ महिला, मेची नगरपालिकामा ४ महिला, हल्दिबारी गाउँपालिकामा ३ पुरुष, दमक नगरपालिकामा १२ महिला १४ पसरुष, र कनकाई नगरपालिकामा १ महिला रहेका छन ् ।

स्वास्थ्य कार्यालयले जनाए अनुसार आज दमक नगरपालिकाकी १ महिलाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै झापामा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ ।