झापामा आज थपिए ४६ जना संक्रमित
भद्रपुर २ कात्तिक । झापामा दैनिक स्थानीय समुदायमा कोरोना संक्रमणको संख्या बड्दो क्र्रममा छ । जिल्ला स्वास्थ्य कार्यालयले जनाए अनुसार आज झापामा जनस्वास्थ्यकर्मी सहित १५ मपहिला र ३१ पुरुष गरी ४६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार नौ स्थानीयतहमा संक्रमण पुष्टि भएकामध्ये, भद्रपुर नगरपालिकाका ४ महिला १३ पुरुष, बिर्तामोड नगरपालिकाका ३ महिला ४ पुरुष, अर्जुनधारा नगरपालिकामा १ महिला १ पुरुष, बाह्रदशी गाउँपालिकामा १ पुरुष, दमक नगरपालिकामा ३ महिला ३ पुरुष, कमल गाउँपालिकामा १ पुरुष, झापा गाााााउँपालिकामा १ पुरुष, गौरादहनगरपालिकामा १ महिला १ पुरुष र मेची नगरपालिकामा ३ महिला ६ पुरुष रहेका छन् । मृत्यु हुनेको संख्या १६ पुगेको छ ।