जिल्ला प्रशासन झापाद्वारा निशेधाज्ञा जारी
भद्रपुर २ कार्तिक । जिल्ला प्रशासन कार्यालय झापाले आज राति ८ बजे देखि कोजाग्रत पूर्णिमासम्म निशेधाज्ञा जारी गरेको सूचना प्रकासित गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाद्वारा हस्ताक्षरित सूचना अनुसार, २०७७ कार्तिक २ गते देखि कोजाग्रत पूर्णिमासम्म राति ८ बजे देखि बिहान ५ बजेवीच अति आवश्यक काम बाहेक उक्त समय अवधिमा हिडडुल,सवारीसाधन आवतजावत,पसल,ब्यवसाय संचालनमा रोक लगाइएको छ । साथै मानिस भेलाभएर गरिने कार्यक्रम पनि नगर्न सूचित गरेको छ । धार्मिक शक्तिपिठहरुमा पूजा पाठमा भिड नगर्न मेला बजारलगाउन रोक लगाएको छ ।