प्रधानमन्त्रीले ‘ब्रा’ नलगाई फोटोशुट गराएपछि‘

एजेन्सी

फिनल्यान्डकी ३४ बर्षिया प्रधानमन्त्री सान्ना मरिनको चर्चा सधैव हुन्छ तर यसपटक भने अल्ली फरक तरिकाले चर्चा भएको छ । उनले ब्रा नलगाइकन निकै तलसम्मको नेकलाइन भएको लुगा लगाएर क्लीभेज देखाउँदै खिचेको तस्वीर बाहिरिएपछि चर्चा र आलोचना भएको छ । प्रधानमन्त्री पदका लागि यस्तो व्यवहार उपयुक्त नभएको भनी धेरैले उनको आलोचना गरे ।

तर कतिपयले उनको समर्थन गर्दै उस्तै किसिमको फोटो राखेका छन् मरिनले ट्रेन्डी नामक फेशन पत्रिकाका लागि उक्त बोल्ड फोटो खिचाएकी हुन् । उक्त पत्रिकाको इन्स्टाग्राम पेजमा प्रयोगकर्ताहरूले कठोर आलोचना गरेका छन् । तर केही पत्रिकाहरूले प्रधानमन्त्रीको व्यवहारको प्रतिरक्षा गरे अनि उनको सुन्दरता, मजबूती तथा स्वतन्त्रताको प्रशंसा गरे । मरिन संसारकै सबभन्दा सुन्दर प्रधानमन्त्री भएको भनी कतिपयले लेखेका छन् । मरिनका महिला समर्थकहरूले उनको प्रतिरक्षामा अभियान चलाउँदै क्लीभेज देखिने आफ्ना तस्वीरहरू सार्वजनिक गरे ।