प्लाज्मा दान गर्न आव्हान
भद्रपुर, २९ असोज । कोभिड १९ संक्रमण भएर निको भएको वा नेगेटिभ रिपोर्ट आएर तीन महिना नकाटेकाहरूलाई रक्तदान गर्न आह्वान गरिएको छ ।
कोरोना संक्रमणबाट गम्भिर अवस्थामा पुगेका विरामीका लागि प्लाज्माको माग आएको जनाउँदै रेडक्रसले रक्तदान गर्न अनुरोध गरेको हो ।
रेडक्रस झापाका सभापति लोकराज ढकालले विर्तामोडस्थित रेडक्रस उपशाखाको प्लाज्मा बैंकमा रक्तदान गरेर गम्भिर अवस्थाका विरामीलाई बचाउन आह््वान गरेका छन् । साथै संक्रमितको तथ्याङ्क स्थानीय तहसंग हुने भएपछि प्लाज्मा दानका लागि स्थानीय तहका प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिलाई समन्वय गरिदिन सभापति ढकालले आग्रह पनि गरेका छन् । उनका अनुसार ओ पोजेटिभ (O+ve) ग्रुपको रगत अर्थात प्लाज्माको आवश्यकता बढी रहेको छ ।
कोरोनालाई जितेका व्यक्तिको रगत अन्य कोरोना संक्रमितलाई बचाउन सकिने भएपछि संक्रमण निको भएको तीन महिना नकाटेकाहरुलाई रक्तदान गर्न आह्वान गरिएको जनाइएको छ ।