सर्पदंश उपचार केन्द्रमा ९०५ जनाकोे उपचार
दमक २९ असोज । झापाको दमकस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाद्धारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा गत आ.व.मा ९०५ जना सर्प दंशका विरामीले उपचार पाएका छन् ।
केन्द्रका इन्चार्ज देवी प्रसाद भण्डारीका अनुसार गएको आर्थिक बर्षमा ९०५ जना सर्पदंशका विरामीले निशुल्क उपचार पाएका हुन् । बर्षासंगै गर्मीयामका समयमा अहाराका लागि सर्प बढी सक्रिय हुने हुदाँ त्यस समयमा सर्पदंशको घटना अधिक हुने भएपनि अहिले वर्षभरिनै सर्पदंशका घटना हुने गरेको उनले वताए ।
बर्षायामका समयमा महिनामा सरदर २ सयका हाराहारीमा सर्पदंशका विरामी उपचार गर्न आउने गरेको उनले वताए । यसैक्रममा चालु आर्थिक बर्षको आजसम्म केन्द्रमा ३५२ जनाले उपचार पाएको प्राविधिक समेत रहेका, इन्चार्ज भण्डारीले वताए ।
उनका अनुसार साउनमा १४१ ,भदौमा ११४ र असोज २८ सम्म ९७ जना विरामीले सेवा पाएका छन् । २०५५ साल जेठ २६ गतेदेखि शुरु भएको यस सर्पदंश उपचार केन्द्रमा झापाबाहेक दक्षिणी इलाम,मोरङ र सुनसरीदेखि सिमावर्ती भारतीय क्षेत्रका सर्पदंशका विरामीहरु उपचार गर्न आउने गरेका भण्डारीले बताए ।