कनकाई नदीबाट विस्थापित तारा शेर्माको घर निर्माणका लागि सहयोग
शिवसताक्षी २७ असोज । अविरल वर्षाको कारण कनकाई नदीबाट विस्थापित भएकी शिवसताक्षी–१० की एकल महिला तारा शेर्माको घर निर्माणका लागि हङकङबाट सहयोग प्राप्त भएको छ । वैदेशिक रोजगारका क्रममा हङकङका विभिन्न स्थानहरुमा बसोबास गरिरहेका शिवसताक्षीका मनकारी व्यक्तिहरुको सहयोगमा तारा शेर्माको अपुरो घरलाई पूर्णता दिने कार्यमा लागेका हुन् ।
नेपाली कांग्रेस, शिवसताक्षीको संयोजन तथा हङकङका नवीन सुहाङको सक्रियतामा हङकङ डलर ७ हजार ४ सय पाँच अर्थात १ लाख १३ हजार ३ सय रुपैंया प्राप्त भएको हो । उक्त रकम मेची अभियानलाई हस्तान्तरण गरिएको छ । मेची अभियानमार्फत शेर्माको स्थायी बसोबासका लागि निर्माण हुन लागेको जस्ताको छानासहितको आरसिसी घर निर्माणका लागि विभिन्न सञ्चारमाध्यमहरुमा शेर्माको घर निर्माण गर्न अभियान चलिरहँदा शिवसताक्षी समाज हङकङले पनि उक्त अभियान चलाएको सुहाङले जानकारी दिए ।
उनको घर निर्माण भनि हङकङका रोशन राजवंशीले १ हजार डलर, मणिकुमार शेर्मा, नारायणध्वज शेर्मा, तिलविक्रम कुरुम्बाङ, विजय बोखिम लिम्बु, जित साम्येम्खाम, जेवी याक्थुम्बा, सन्तोष साम्येम्खाम, बुद्धि शेर्मा र नविन सुहाङले जनही ५ सय डलर, टेक बहादुर राईले ३ सय ५ डलर, हेम लावती, राजु राई ९सुरज०, अशोक मावो मार्फत ३ सय डलर, सविना केदेम, सरिता कोयु राई, आयु इजम मार्फत जनही २ सय डलर र सूर्य लावती मार्फत १ सय डलर गरी ७ हजार ४ सय ५ डलर सहयोग प्राप्त भएको थियो ।
गएको आषाढ २४ गते कनकाई नदिको बाढीले शेर्माको घर बगाएको थियो । शिवसताक्षी नगरपालिकाले शेर्मालाई घर बनाउन जग्गा उपलब्ध गराएपछि मेची अभियानको सहयोगमा शिवसताक्षी ११ स्थित बच्चाबगरमा शेर्माको घर निर्माणधिन अवस्थामा रहेको छ ।