झापा रेड जोनमा : आज थपिए ५ जना संक्रमित
भद्रपुर २७ असोज । सक्रिय संक्रमितको संख्या दुई सय नाघेसँंगै झापा रेड जोनमा परेको छ । तर, झापामा संक्रमितको संख्या बढ्दै जाँदा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको छैन । भीडभाड बढ्दैगएको तथा स्वास्थ्यको मापदण्ड नअपनाएका कारण झापामा कोरोनाको संक्रमण बढ्दै जाने भन्दै चिकित्सकहरुले चिन्ता ब्यक्त गरेका छन् ।
यसैबीच गत आइतबार अहिलेसम्मकै सर्वाधिक ५५ जना संक्रमित भएकोमा सोमबार भने ११ जनामा र मंगलबार ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमिमत हुनेमा दमक नगरपालिकाका दुइ महिलासहित ३ जना, गौरादह नगरपालिकामा एक पुरुष र कमल गाउँपालिकामा एक पुरुष रहेकाछन् । पाँचै जना स्थानीय रहेका जनाइएको छ ।
झापामा दुई सय ८ जना संक्रिय संक्रमित रहेका छन् भने १२ जनाको मृत्यु भइसकेको स्वास्थ्यकार्यालयले जनाएको छ । यस्तै बिर्तामोड नगरपालिकाका तीनवटा वडाकार्यालयको सेवा सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ । संक्रमितका परिवारका सदस्य कार्यालयमा आएको खुलेपछि तीन दिनका लागि वडा कार्यालय र सेवा बन्द गरिएको बिर्तामोड –९ की वडाध्यक्ष पवित्रा पाठकले जानकारी दिइन् ।