महिला हिंसा तथा यौन दुर्व्यवहार बिरूद्ध चन्द्रगढीमा र्याली (भिडियो सहित)
तस्विर : विगम श्रेष्ठ
भद्रपुर, २४ असोज । महिला हिंसा तथा यौन दुर्व्यवहार बिरूद्ध चन्द्रगढीमा बृहद र्याली एवम् दीप प्रज्वलन गरिएको छ ।
चन्द्रगढी युथ क्लवको आयोजना तथा भद्रपुर वाइकर्स जोनको सहकार्यमा लेखनाथ चौकबाट सुरू भएको र्याली जिल्ला प्रहरी कार्यालय हुँदै चन्द्रगढी परिक्रमा गरी लेखनाथ चौकमा दीप प्रज्वलनमा रूपान्तरण भएको थियो ।
चन्द्रगढी युथ क्लवका संयोजकद्वय विवेक चौलागाई र रेजिन सुब्बा तथा सह-संयोजकहरू रोहित सुब्बा र सुमन सुवेदीको नेतृत्वमा सम्पनन् कार्यक्रममा महिला हिंसा, यौन अपराध लगायत अमानवीय कार्य गर्नेहरूलाई कडा कानूनी कारवाही तथा सामाजिक बहिस्कार गर्नु पर्ने आवाज उठाइएको थियो ।
भिडियो…….
तस्विर…….