कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय
काठमाडौं २३ असोज । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ । शुक्रबार कोरोना भाइरसबाट थप १० जनाको मृत्यु भएसँगै मृतकको संख्या ६ सय पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८७ वर्षिया एक महिला सहित १० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका २९ वर्षिय, ५२ वर्षिय पुरुष, सुनसरीका ४६ वर्षिय, ५२ वर्षिय र ६८ वर्षिय पुरुष रहेका छन । यस्तै काठमाडौंका ७१ वर्षिय, ललितपुरका ८४ वर्षिय, रुपन्देहीका ४७ वर्षिय र ८४ वर्षिय पुरुष रहेका छन ।
देशभरी सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ८ सय ७७, प्रदेश नम्बर २ मा ४ सय ५८, बागमती प्रदेशमा ७ हजर ६ सय ३४ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन ।
यस्तै लुम्बिनी प्रदेशमा ११ सय ८, कर्णाली प्रदेशमा ४ सय २६ र सुदूरपश्चिम प्रदेशमा २ सय ७ गरी देशभरी ११ हजार १ सय ७६ संक्रमित संस्थागत आइसोलसनमा रहेका छन ।
यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार २४, प्रदेश नम्बर २ मा ५ सय ३, बागमती प्रदेशमा १० हजार ५ सय १२ र गण्डकी प्रदेशमा ५ सय ६५ जना रहेका छन । यस्तै लुम्बिनी प्रदेशमा १ हजार ४ सय १३, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा ७ सय ९६ जना गरी देशभरी १५ हजार ८ सय ७७ जना होम आइसोलेसनमा रहेका छन ।