मृत्युको शोकमा परेका परिवारलाई नगद राहत प्रदान

गौरीगंज २३ असोज । गौरीगंज गाउँपालिकाले मृत्युको शोकमा परेको एक परिवारलाई बुधबार समवेदना पत्र सहित नगद राहत प्रदान गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ६ मा स्थायी बसोवास गर्दै आएका स्व. रत्नमाया कोईरालाका परिवारलाई समवेदना पत्रसहित १० हजार नगद हस्तान्तरण गरेको हो । स्व. रत्नमायाकि एक छोरा मोहन कोईराला र बुहारी डम्बर कुमारी कोईराला छन् ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका ९६ बर्षिया स्व। रत्नामाया कोईरालाका नाति राजन कोईरालालाई गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ६ का वडा अध्यक्ष बद्रीनारायण यादव, वडा सदस्यहरू राधा अधिकारी, उदिम कुमार राई, मुकेश कुमार साह, रमकुमारी विक, वडा सचिव सुमन रेग्मी ले घरमै पुगेर संयुक्तरूपमा राहतस्वरूप नगद प्रदान गरेका थिए ।

“दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथि” भन्ने नाराका साथ गाउँपालिकाभरी कुनै परिवारमा मृत्यु सोक परेमा गाउँपालिकाको उपस्थिति रहने र राहत स्वरुप काजक्रिया खर्च वापत प्रति परिवारलाई १० हजार रुपैया उपलब्ध गराउने नीति अनुरुप रकम उपलब्ध गराएको वडा अध्यक्ष यादवले बताएका छन् ।