राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिको गठन
भद्रपुर २१ असोज । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिको अध्यक्षमा युवा समाजसेवी राज खम्बूलाई चयन भएकाछन् । पार्टीको हालै सम्पन्न तेस्रो नगर अधिवेशनले खम्बूलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यसरी नै उपाध्यक्षमा तेजबहादुर योङहाङलाई पुनः चयन गरेको छ भने महिला उपाध्यक्षमा सोतीमाया कुरुम्बाङ, सचिवमा तिलबहादुर चेम्जोङ, उपसचिवमा सोमबहादुर राई र कोषाध्यक्षमा फूलमाया तामाङलाई चयन गरेको छ । त्यस्तै, सदस्यमा चन्द्रबहादुर रानामगर, मनबहादुर एक्तेन, लालबहादुर अस्लामी, खड्गबहादुर लावती, भगिन्द्र नेम्बाङ, सीता लिम्बू र सुकवीर लिम्बूलाई सर्वसम्मत चयन गरेको छ ।
पहिचानको विषयमा स्थापनाकालदेखि नै वकालत गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीको अधिवेशन पार्टीकी केन्द्रीय उपाध्यक्ष मीना पन्धाकको प्रमुख आतिथ्यतमा भएको थियो ।अधिबेशनको उद्घाटनका क्रममा पन्धाकले जातीय मुक्ति बिना वर्गीय मुक्ति सम्भव नहुने बताइन् ।
अधिबेशनमा केन्द्रीय सचिव बलदीप प्रभाश्वर चाम्लिङ राई, किरात लिम्बूवान–खम्बूवान प्रदेशका अध्यक्ष पर्शुराम मगर, नेता दुर्गाबहादुर कटुवाल, जिल्ला अध्यक्ष भवानी सेलिङ, महिला नेतृ पार्वती माङ्मु लगायतले राजनीति भनेको सब्जीको व्यापार नभई विचार र आस्थाको लडाई भएको बताउँदै नेता कार्यकर्ताले धर्यतासँगै संयमता राख्नु पर्ने बताए । जनमुक्ति अर्जुनधाराका कार्यवाहक अध्यक्ष तेजबहादुर योङहाङको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय नेतृ शान्तिदेवी राई, राज खम्बू, प्रदेश सचिव कृष्णकुमार थेवे, जिल्ला सचिव पदम लिम्बू, भूतराज आले मगर लगायतको आतिथ्य रहेको थियो ।