सोमबार २० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए
भद्रपुर १९ असोज । झापाका एकसहित देशभर पछिल्लो २४ घण्टामा २० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट एकैदिन ज्यान गुमाएको यो अहिलेसम्मकै धेरै हो । यद्यपी विर्तामोडका एक बृद्धाको मृत्ये बारे स्वास्थ्य मन्त्रालयले तथ्याङ्कमा उल्लेख गरेको छैन । तर जिल्ला स्वास्थ्य कार्यालयले भने कोरोनाका कारण मृत्यु भएको जनाएको छ । मोरङको विराटनगरस्थित नोवेल अस्पतालमा उपचाररत रहेका झापामा विर्तामोड–५ का ८२ वर्षिय बृद्धको हिजो बेलुका निधन भएको थियो । उपचाररत ती बृद्धालाई डिस्चार्ज गरी घर ल्याइएका उनको निधन पछि कोरोना संक्रमण पोजेटिभ रिपोर्ट आएको बताइएको छ । बृद्धाको सोमबारै नेपाली सेनाको सहयोगमा परिवारले कनकाई माईमा अन्त्येष्टि गरेको विर्तामोड नगरपालिका वडा नं।–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जानकारी दिनुभयो ।
सोमबार झापा, सुनसरी, पर्सा, चितवन, गोरखा, नवलपरासीपूर्वका १।१ जना तथा सर्लाही–२, काठमाडौ–९ं र ललितपुरका ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।