नेपाल बिद्यार्थी संघले गौरादह कृषि क्याम्पसमा तालाबन्दी
गौरादह, १६ असोज । त्रिभुवन विश्वविद्यालय कृषि र पशुबिज्ञान अध्ययन संस्थानको डिनको बिरोध गर्दै नेपाल बिद्यार्थी संघले गौरादह कृषि क्याम्पसको प्रमुख र प्रशासनको कार्यकक्षमा आज तालाबन्दी गरेको छ । डिनद्वारा नियम विपरित गठन गरिएको पदपुर्ति समितीले गरेको विज्ञापन स्थगन नगरेको भन्दै नेविसंघ कृषि क्याम्पस गौरादह ईकाईले गौरादह कृषि क्याम्पसमा अनिश्चितकालीन ताला बन्दी गरेको हो ।
मिती २०७७।०६।०५ गते गोरखापत्र दैनिक र कृ. प.वि. अ. संघको आधिकारिक वेभसाइडमा गौरादह कृषि क्याम्पसका लागि करार सेवामा उप प्राध्यापक र केही सहायक कर्मचारीहरूको आवश्यकता छ भनी विज्ञापन प्रकाशित भएको थियो । हप्ता दिन वितिसक्दा पनि नेबिसंघ इकाइको माग सम्वन्धमा सम्वन्धित सरोकारवाला निकायले कुनै पहल नगरेकोमा आज वसेको तीनवटै क्याम्पस इकाई समितीको भर्चुअल जुम मिटीङको निर्णय अनुसार रामपुर क्याम्पस, खैरहनी चितवन र गौरादह कृषि क्याम्पसमा अनिश्चितकालीन ताला वन्दी गरिएको नेविसंघ कृषि क्याम्पस इकाई गौरादहका सभापति कुशल लामिछानेले जनाकारी गराएका छन् ।
गौरादह कृषि क्याम्पस नेबि संघको अनिष्चितकालिन ताला वन्दीमा नेविसंघ नेता रविन ढुंगाना, नेबि संघ गौरादह नगर समितिका सभापति बाबुराम नेपाल, र नेबि संघ गौरादह बहुमुखी क्याम्पस ईकाई अध्यक्ष मोहन दंगाल, विद्यार्थी नेता डिक खड्कालगायतले संयुक्त प्रेस विज्ञप्तिमा एक्यवद्धता जाहेर गरेका छन् ।
पदपूर्ति सम्वन्धमा क्याम्पस प्रशासनमा सोधपुछ गर्दा गौरादह कृषि क्याम्पस प्रशासनले पदपूर्ति समिति गठन नभएको र त्यस किसिमको विज्ञापन क्याम्पसले नगरेको भनी जवाफ दिएपछि नेविसंघ गौरादह कृषि क्याम्पस ईकाई समितिले यथासिघ्र विज्ञापन स्थगन गर्न एकहप्ता अधि विज्ञप्ति प्रकाशित गरेको थियो ।
क्याम्पसलाई थाहा नदिई क्याम्पसका प्रध्यापक र कर्मचारीलाई संलग्न नगरि गठन गरिएको पदपूर्ति समिति अवैधानिक ठहर गर्दै हप्ता दिन भित्र माग सम्बोधन नभए डीन कार्यालय र रजिष्टार कार्यालयमा ताला बन्दी गर्ने नेविसंघले निर्णय गरेको छ ।