झापामा आज २३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि

झापा १६ असोज । झापामा आज २३ जना स्थानीयमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ९ महिला र १४ पुरुष रहेकाछन् । जिल्ला स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार, मेचीनगर नगरपालिका ८ का एकै वडाका ५ महिला र ११ जना पुरुषसहित १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । १६ जनामध्ये एउटै वडाका १३ जनामा कोरोना संक्रमण भएको छ भने काँकरभिट्टाको होटल क्वारेन्टिनमा बसेका बाहिर जिल्लाका ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा केहि स्थानीय सञ्चारकर्मीहरु समेत भएको बताईएको छ ।

यसैगरी संक्रमण पुष्टि भएका अन्यमा, भद्रपुर नगरपालिकाका २ महिला २ पुरुष गरी ४ जना, बिर्तामोड नगुपालिकाका २ महिला र कानकाइ नगरपालिकाका १ पुरुष रहेका छन् । संक्रमितहरु ८ बर्ष देखि ९० बर्षसम्मका रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।