ब्राउन सुगर सहित आलम पक्राउ
भद्रपुर, १६ असोज । झापाको कचनकवलबाट ब्राउन सुगर सहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार १५ गते अपह्रान्न ३ः४० बजे कचनकवल १, बगानबाट भारतीय बाटो हुँदै नेपाल आउदै गरेका फरबेद आलमलाई १४.८९ ग्राम ब्राउन सहित पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका आलमलाई अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।