बलात्कार र हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै प्रदर्शन

बिर्तामोड, १५ असोज । बलात्कार पछि हत्या गरिएकी सम्झना कामी (विक) को बलात्कार र हत्यामा संलग्नलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै बिर्तामोडमा आज खबरदारी सभा सम्पन्न भएको छ । सो क्रममा चेतनामुलक नृत्य प्रस्तुत गर्नुका साथै कडरिया, प्रकाश दाहाल, प्रज्ञा प्रधान लगायतले चेतनामुलक कविता र गीत प्रस्तुत गरेका थिए । यसअघि विर्तामोडस्थित दारी भाईको चियापसलबाट निस्किएको नारासहितको र्यालीले विर्तामोड नगर परिक्रमा गरी मुक्तिचोकमा पुगेर सभामा परिणत भएको कौशल भण्डारीले जानकारी दिनुभयो । त्यस्तै बैज्ञानिक समाजवादी पार्टीको विरोधसभामा महिला अधिकारकर्मी सावित्री सुवेदी लगायतले बोलेका थिए । बझाङको मस्टा गाउँपालिका वडा नं. २ की सम्झना विकको गत असोज ७ गते स्थानीय राजेन्द्र बोहराले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् । न्यायका लागि खबरदारी र बैज्ञानिक समाजवादी पार्टी प्रदेश–१ को आयोजनामा भएको विरोध कार्यक्रममा बलात्कारीलाई कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

न्यायका लागि खबरदारीद्वारा आयोजित सभामा बोल्दै झापाका युवा नारायण कडरियाले संविधान अनुसार सरकारले महिला, दलित तल्लो वगलाई न्याय दिन नसकेको बताउँदै महिलाले अझै पनि दास भएर बाँच्नु परेको बताउनु भयो । छोरी चेलीलाई ढुक्क भएर कतै पनि पठाउन सक्ने अवस्था नरहेके बताउँदै कडरियाले यस्तो अवस्था आउनु आम नेपालीका लागि लज्जास्पद भएको बताउनु भयो । सबैका लागि बनेको संविधान सरकार र ठूला मान्छेका लागि मात्र भएको बताउँदै कडरियाले छोरी चेली र पिछडिएका वर्गको संरक्षण गर्न नसक्ने संविधानको काम नरहेको बताउनु भयो ।

सो क्रममा चेतनामुलक नृत्य प्रस्तुत गर्नुका साथै नारायन कडरिया, प्रकाश दाहाल, प्रज्ञा प्रधान लगायतले चेतनामुलक कविता र गीत प्रस्तुत गरेका थिए । यसअघि विर्तामोडस्थित दाह«ी भाईको चियापसलबाट निस्किएको नारासहितको र्यालीले विर्तामोड नगर परिक्रमा गरी मुक्तिचोकमा पुगेर सभामा परिणत भएको कौशल भण्डारीले जानकारी दिनुभयो । त्यस्तै बैज्ञानिक समाजवादी पार्टीको विरोधसभामा महिला अधिकारकर्मी सावित्री सुवेदी लगायतले बोलेका थिए ।

बझाङको मस्टा गाउँपालिका वडा नं. २ की सम्झना विकको गत असोज ७ गते स्थानीय राजेन्द्र बोहराले बलात्कारपछि हत्या गरेको स्वीकार गरिसकेका छन् ।