करेन्ट लागेर मृत्यु

भद्रपुर १५ असोज । झापाको भद्रपुर नगरपालिका वडा नं.६ स्थित रंिगयाडाँडा बस्ने ४७ बर्षीय संजित राजबंशीको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । आज दिउसो १२ बजे बागडोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा संजित आफैलाई करेन्ट लाग्दा उनि वेहोस भएका थिए ।

वेहोस भएका उनलाई तत्काल उपचारार्थ लैजादै गर्दा पौने १ बजे बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।