झापामा आज ९ जना संक्रमित थपिए
भद्रपुर १३ असाोज । झापामा आज ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मङ्गलबार झापामा २ जना महिलासहित ९ जना स्थानीय पुरुषलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईका अनुसार भद्रपुर नगरपालिका वडा नं. ५ र १० का ३०, ४५ र ५० वर्षीय ३ जना पुरुष, दमक नगरपालिका वडा नं. १, ५, ७ र ८ का ८२, ३७, ३८, ८ र ४९ वर्षका १ महिलासहित ४ जना पुरुष तथा अर्जुनधारा नगरपालिका वडा नं. ३ का ६० र ८१ वषका एकमहिला र १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए ।
उनीहरु सबै जना स्थानीय रहेको उनले बताए । दमकका संक्रमित १ जना अर्जुनधारा ठेगाना भएको र भद्रपुरका १ जना संक्रमित नोवेल अस्पताल विराटनगरमा स्वाब संकलन गरिएको थियो ।
योसँगै झापामा कोरोना संक्रमितको संख्या ८६० पुगेको छ ।