झापा कारागार कोरोनाबाट असुरक्षित
भद्रपुर १२ असोज । जिल्ला कारकगार झापामा १० जना कैदीबन्दीलाई कोरोना संक्रमण पोजेटिभ देखिए पछि कारागार भित्र रहेका बाँकी कैदीहरुमा त्रास सिर्जना भएको छ । संक्रमित कैदिलाइ मेची प्रादेशिक अस्पताल भद्रपुरको आइसोलेसनमा राखिएको कारागार प्रशासनले बताएको छ ।
क्षमता भन्दा दोब्बर बढी कैदी संख्या रहेको झापा कारागारमा कोरोना फैलिन नदिन अझै कुनै सुरक्षि ब्यवस्था मिलाइएको छैन । यस सम्बन्धमा कारागार प्रशासन प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, कारागारको छतमा २०० बेडको आइसोलेसन निर्माण गर्ने काम शुरु गरिएको छ । एक दुइ दिन भित्रै अत्यावस्यक र औचित्यका आधारमा कैदी बन्दिलाइ त्यहा सारिने छ । आइसोलेसन निर्माणका लागि प्रदेश सरकारसंग सहयोग माग गरिएको गौतमले बताए । गौतमका अनुसार एक दुइ दिन भित्र डाक्टरको परामर्ष अनुसार कैदिहरुको स्वाव संकलन गरिने छ । कारागारमा हाल १०६१ पुरुष, ७६महिला र ५ बालबालिका बन्दीकारुपमा रहेकाछन ।
यसै सम्बन्धमा नेपाल बार एशोसिएशन झापा र मानवअधिकार तथा जनसरोकार समितिले एक विज्ञप्ति प्रकाशित गरेर सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । बिज्ञप्तिमा झापा कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण भएको घटनामा सरकार जिम्मेवार हुनुपर्ने बताएको छ ।
कारागारमा रहेका कैदी बन्दीहरुको स्वास्थ्य सम्बन्धी हक समेत सुनिश्चित गर्नु राज्यको आधारभूत दायित्व भएकोले कारागारमा संक्रमण पुष्टि भएका कैदी बन्दीहरुको स्वास्थ्य उपचारको समुचित व्यवस्था मिलाउन विज्ञप्ती मार्फत सरकारको ध्यानाकर्षण गरिएको छ कैदी बन्दीहरुको बाच्न पाउने नैसर्गिक हक समेतको सम्मान गर्दै जिल्ला कारागार झापामा थप संक्रमण फैलन नदिन तत्काल आवश्यक तथा प्रभावकारी व्यवस्था मिलाउन विज्ञप्ति मार्फत कारागार प्रशासनसंग झापा वारले माग गरेको छ ।