झापाका आज चार जना कोरोना संक्रमित थपिए

भद्रपुर १२ असोज । आज झापाका चार स्थानीयलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा चारै जना पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए दताए अनुसार, बिर्तामोड नगरपालिका वडा नं ८ का ५३ वर्षीय एक पुरुष, झापा गँउपालिका वडा नं. ६ का ३५ वर्षीय एक पुरुष र भद्रपुर नगरपालिकामा दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । भद्रपुरमा संक्रमण पुष्टि भएका दुई जना मध्ये एक जना मेचीनगर ३ ठेगाना भएका र अर्का खोटाङ ठेगाना भएका सुरक्षकर्मि रहेको चम्लागाईले जानकारी दिए । हाल झापाका ६६ जना कोरोना संक्रमित उपचाररत छन् । आजसम्म झापामा कुल संक्रमितको संख्या ८५१ पुग्दा डिचार्ज हुनेको संख्या ७७७ पुगेको छ । हाल झापामा सक्रिय संक्रमितको संख्या ६६ रहेको छ ।