झापामा आज ८ कैदीबन्दीसहित १४ जना कोरोना संक्रमित थपिए
भद्रपुर ९ असोज । झापामा आज आठ कैदीबन्दी र दुई जना सुरक्षाकर्मीसहित १४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित सवै स्थानीय भएका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । सो कार्यालयले दिएको जानकारी अनुसार, भद्रपुर नगरपालिका वडा नं.१० का एक कैदी बन्दी र एक महिला सहित १० जनामा संक्रमणको पुष्टि भएको छ । उनीहरु २२ देखि ६० बर्षका रहेकाछन् ।
यसैगरी अन्य संक्रमण पुष्टि हुनेमा झापा गाउँपालिका ६ का २२ र १७ बर्षिय २ पुरुष, बिर्तामोड नगरपालिका ५ कि ६० बर्षिया महिला एक र शिवसताक्षी नगरपालिका १ का ७१ वर्षिय पुरुष रहेकाछन् ।
झापामा आजसम्ममा संक्रमितको संख्या ८३६पुगको, आइसोलेसनमा ७३ जना रहेका र ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।